बङ्गलादेशी प्रधानमन्त्री मधुमेहविरुद्धको विश्वदूत उपाधिद्वारा सम्मानित
ढाका । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाली बिहीबार अन्तरराष्ट्रिय मधुमेह महासंघ (आइडिएफ) को मधुमेहका लागि विश्वदूत (ग्लोबल एम्बेसडर) को पदक र प्रशंसापत्र प्रदान गरिएको छ ।
परराष्ट्रमन्त्री अब्दुल मोमेन र परराष्ट्र राज्यमन्त्री सहरियार आलमलगायत अन्य वरिष्ठ अधिकारीहरूले हसिनालाई उक्त पदक एवं प्रशंसापत्र हस्तान्तरण गरेकाे राष्ट्रिय समाचार संस्था बीएसएसले जनाएको छ ।
हसिनालाई लिस्बनमा आयोजित आइडीएफ विश्व मधुमेह सम्मेलनको उद्घाटन समारोहमा मधुमेह र अन्य नसर्ने रोगका बिरामीहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न उनले खेलेकाे भूमिकाको कदर गर्दै मधुमेहका लागि ग्लोबल एम्बेसडरको उपाधि प्रदान गरिएको बताइएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया