बीवाइडी ब्लेड ब्याट्रीको ‘नेल पेनेट्रेसन टेस्ट’ सम्पन्न
नयाँ दिल्ली । बीवाइडीको आधिकारीक विक्रेता साइमेक्स इंक र बीवाइडी इन्डियाको संयुक्त आयोजनामा ब्लेड ब्याट्रीलाई नेल पेनेट्रेसन टेस्ट (सियोले घोचेर गरिने प्रयोग) सम्पन्न भएको छ ।
उक्त कार्यक्रम नेपालबाट अटो एक्स्पो २०२३ अवलोकनको लागि गएको नेपाली पत्रकारहरुलाई नेल पेनेट्रेसन टेस्ट देखाउन गरिएको थियो । निकै ठूलो सुरक्षा विधि अपनाएर गरिएको परिक्षणमा बीवाइडी ब्लेड ब्याट्री निकै सुरक्षितत बनेको थियो ।
मिडियालाई देखाइएको परिक्षणमा एनसीएम ब्याट्री र बीवाइडी ब्लेड ब्याट्री प्रयोग गरिएको थियो । सुरक्षीत डोम भित्र परिएको टेष्टमा एनसीएम ब्याट्रीलाई प्वाल पार्दा ठूलो आवाज निकालेर पड्केको थियो । तर, त्यही प्वाल पार्दा ब्लेड ब्याट्रीमा कुनै किसिमको आगोलाग्ने वा पड्कने केही भएन ।
बीवाइडी इन्डियाका नेशनल सेल्स हेड, प्यासेन्जर भेहिकल बिजनेश यूनिटका प्रमुख श्रीराङ जोशीले नेपालबाट गएका साइमेक्स इंक र मिडियाका प्रतिनिधिहरुलाई स्वागत गर्दै ब्याट्रीको विशेषताको बारेमा जानकारी दिएका थिए । उनले भने, ‘हाम्रो ब्याट्री सुरक्षा र रेन्जको लागि प्रसिद्ध छ, त्यसैले विश्वका धेरै गाडी निर्माताले प्रयोग गर्न चाहेका छन् ।’
ब्लेड ब्याट्री नेल पेनेट्रेसन टेस्ट गर्दा यसको ताक्रम ३० देखि ६० डिग्री सेन्टीग्रेट मात्र पुगेको थियो । जबकी अन्य एनसीएम ब्याट्री ३०० देखि ४०० डिग्री पुगेको थियो । तपक्रम नबढ्दा ब्लेड ब्याट्री पड्कने र धुँवा भएन । तर, एनसीएम ब्याट्री ठूलो आवाज गरेर पड्केको थियो ।
निकै स्मार्ट र स्लीम साइजमा रहेको ब्लेड ब्याट्रीमा प्रत्येक सेलको लम्बाई ९६ सेमी, चौडाई ९ सेमी तथा उचाई मात्र १.३५ सेमी हुने गर्छ । यसलाई ब्याट्री प्याक बनाउँदा लहरै मिलाएर ‘सेल टु प्याक सिस्टम’मा राखिन्छ । त्यही कारण पातलो तथा लामो व्याट्री प्याक बन्छ ।
ब्लेड ब्याट्रीले परम्परागत लिथियम आयोन फस्फेटको तुलनामा ५० प्रतिशत बढी भोलुमेट्रिक इनर्जी डेन्सीटी प्राप्त हुन्छ । अर्थात् सानो साइजबाटै धेरै इनर्जी प्राप्त गर्न सकिन्छ ।
ब्लेड ब्याट्रीको फाइदा
ब्लेड ब्याट्रीको मुख्य फाइदा भनेको चार्जिङ साइकललाई ३ हजार पूर्याउनु हो, त्यही कारण सिंगल व्याट्री प्याकले नै १२ लाख किलोमिटरसम्म गुडाउन सकिन्छ ।
यो ब्याट्रीलाई फास्ट चार्जरबाट १० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न मात्र ३३ मिनेट लाग्ने कम्पनीको दावी छ । बीवाइडीले हान मोडलमा प्रयोग गरेको ब्लेड ब्याट्रीले सिंगल चार्जमा ६०५ किलोमिटरसम्म रेन्ज दिने एनइडीसीले प्रमाणित गरेको छ ।
ताजा अपडेट
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने
-
स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
-
झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी


प्रतिक्रिया