विमान दुर्घटनाप्रति अमेरिकाद्वारा दुःख व्यक्त

काठमाडौं । पोखरामा भएको यति एयरलाइन्स जहाज दुर्घटनाप्रति संयुक्त राज्य अमेरिकाले दुःख व्यक्त गरेको छ । आइतबार काठमाडौंस्थित अमेरिकी दुताबासले एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गरेको हो ।
‘आज बिहान पोखरामा भएको यति एयरलाइन्सको दुःखद दुर्घटनाले हामी अत्यन्त मर्माहत भएका छौं। हामी स्थितिलाई सावधानीपूर्वक अनुगमन गरिरहेका छौं। हामी हाल बोर्डमा कुनै पनि अमेरिकी नागरिकहरू बारे सचेत छैनौं। हाम्रो हृदय पीडित र परिवारलाई जान्छ’, विज्ञप्तिामा उल्लेख छ ।
बिहान काठमाडौंबाट पोखराको लागि उडेको यति एयरको विमान दुर्घटना हुँदा चालकदलका चार सदस्यसहित ५३ जना नेपाली र १५ विदेशी नागरिक सभार थिए । तीमध्ये अहिलेसम्म २९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया