१८० किलो गाँजासहित तीन पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले १८० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मनहरि गाउँपालिका–७ स्थित सडकखण्डबाट उक्त परिमाणको गाँजासहित हेटौँडाका तीन जनालाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।
पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१६ बस्ने २९ वर्षीय बुद्धिमान वाइबा, २९ वर्षीय अर्जुन स्याङतान र ३० वर्षीय विनोद पाख्रिन रहेका छन् । उनीहरूलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरि मकवानपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
चैनपुरबाट हेटौँडातर्फ आउँदै गरेको बा ७ च १६०६ नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा लुकाइछिपाई ल्याएको सो परिमाणको गाँजा बरामद भएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया