सरकार समर्थित १० दलको बैठक बालुवाटारमा, राजकीय पद भागबण्डामा छलफल हुने
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सरकारलाई समर्थन गरेका १० राजनीतिक दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तार गरे लगत्तै सरकार समर्थित १० दलको बैठक बोलाएका हुन् ।
सोमाबार बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको बैठकले मन्त्रिमण्डल विस्तार गरेपछि सर्वदलीय बैठक बोलाउन प्रधानमन्त्री प्रचण्डलाई म्याण्डेट दिएको थियो । सोही म्याण्डेट अनुसार प्रधानमन्त्रीले बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
२६ पुसमा प्रधानमन्त्री प्रचण्डलाई विपक्षी कांग्रेसलगायत दलहरूले विश्वासको मत दिएपछि पावर शेयरिङमा कांग्रेसलाई पनि सहभागी गराउनुपर्ने प्रधानमन्त्रीले अडान लिएका छन् । कांग्रेसले राष्ट्रपति वा सभामुखमध्ये एक पद आफूलाई चाहिने अडान लिँदै आएको छ । सत्ता भागबण्डामा कांग्रेसको पनि विचार सुन्ने हिसाबले प्रधानमन्त्री प्रचण्डले कांग्रेस, नेकपा एस र लोसपालाई बालुवाटार बोलाएका हुन् ।
सत्ताबाट बाहिरिएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा पहिलो पटक बालुवाटार गएका छन् । देउवासँगै नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र रमेश लेखक गएका छन् ।
यसैगरी बैठकमा भाग लिन सत्ता पक्षबाट एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल सहभागी छन् । मन्त्री नारायणकाजी श्रेष्ठ, नवनियुक्त मन्त्री रेखा शर्मा पनि आइसकेका सहभागी रहेका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि सहभागी भएका छन् । अन्य दलबाट नेताहरू आउनेक्रम जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया