निर्माण व्यवसायी महासंघको अध्यक्षमा सिंह विजयी
काठमाडाैं । निर्माण व्यवसायीहरुको छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुनः रवि सिंह विजयी भएका छन् । उनले उच्च मतका साथ अध्यक्षमा पुनः अध्यक्ष निर्वाचित भएका हुन् ।
सिंहले ८०७ मत ल्याएका छन् । उनको प्रतिस्पर्धी निकोलस पाण्डेले ३४२ र हुमनाथ कोइरालाले ३२ मत प्राप्त गरेका छन् । महासंघको हिजो अर्थात फागुन २९ गते निर्वाचन भएको हो ।
त्यस्तै महासंघको वरिष्ठ उपाध्यक्षमा आङदोर्जे लामा( एडी लामा) विजयी भएका छन् । उनी ५६३ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी धिरेन्द्र कुमार दाहालले २८९ र लक्ष्मण रानाले २७३ मत प्राप्त गरेका छन् ।
प्रदेश १ उपाध्यक्षमा मोहनप्रकाश अधिकारी , मधेश प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, बागमती प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेश उपाध्यक्षमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेश उपाध्यक्षमा टोपबहादुर रायमाझी, कर्णाली प्रदेश उपाध्यक्षमा रत्नबहादुर खड्का र सुदुरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाश बहादुर सेठी विजयी भएका छन् । महासचिवमा रोशन दाहाल ७१९ मतसहित विजयी भएका छन् । प्रतिस्पर्धी वासु उप्रेतीले २१२, शंकर चौलागाईंले १२४, रामशरण देउजाले ८८ र आनन्दप्रसाद अधिकारीले २४ मत प्राप्त गरेका छन् ।
उपमहासचिव (नीतिगत) मा शिवहरि घिमिरे विजयी भएका छन् भने उपमहासचिव (आन्तरिक) मा नरहरि थपलिया विजयी भए । कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ विजयी भए भने सहकोषाध्यक्ष सन्तोष शाह विजयी भएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया