भूकम्पबारे सदनलाई जानकारी गराउन सांसद पाण्डेको माग
काठमाडाैं । नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले आज अपराह्न पश्चिम नेपाललाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका बारेमा सदनलाई जानकारी गराउन माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै उनले भूकम्पले क्षतिका बारेमा जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुखलाई आग्रह गरे ।
आज दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला केन्द्रविन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया