नेपाल विश्वविद्यालय विधेयक विधायन समितिमा
काठमाडाैं । राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९’ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको हो ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरेको हो । राष्ट्रियसभाको अर्को बैठक यही माघ २३ गते बिहान ११ बजेर ५९ मिनेटमा बस्नेछ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया