नागरिकता लिन आज रविले प्रक्रिया थाल्ने
काठमाडौं । रवि लामिछानेले नागरिकता पुनः प्राप्तिका लागि आज प्रक्रिया थाल्ने भएका छन् ।
सर्वोच्च अदालतले शुक्रबार रवि नेपाली नागरिक नरहेको फैसला गरेसँगै उनी पुनः नागरिकता प्राप्ति प्रक्रियामा जान लागेका हुन् ।
अमेरिकी नागरिकता त्यागेका लामिछानेले नेपाली नागरिकता प्राप्त गर्ने प्रक्रिया पूरा नगर्दा अदालतको फैसलाबाट एक साथ सांसद, मन्त्रीसहित चार पद गुमाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले लामिछानेले आइतबार आज पुनः नागरिकता प्राप्तिका लागि प्रक्रिया थाल्ने जानकारी दिए ।
‘लामिछानेले आइतबार नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया थाल्नुहुन्छ,’ उनले भने ।
रवि नेपाली नागरिक नभएको सर्वोच्चको फैसलापछि उनी नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य के हुने भन्ने अन्योल देखिएको छ । ढकाल रविकै नेतृत्वमा पार्टी अघि बढ्ने बताउँछन् ।
संविधानअनुसार गैरसांसद ६ महिना मन्त्री बन्न पाउने भएकाले नागरिकता लिएपछि रविलाई पुनः पुरानै जिम्मेवारीमा फर्किंन पनि कतिपयले सुझाएका छन् । तर यसबारेमा भने उनको पार्टीले कुनै निर्णय लिएको छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया