NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

पाँच लाख कामदार भित्राउँदै मलेसिया

काठमाडौं । तत्काल पाँच लाख विदेशी कामदार लिने निर्णय गरेको मलेसियाका गृहमन्त्री साइफुद्दिन नासुसन इजमाइल नेपाली कामदारको अवस्था बुझ्न आउने भएका छन् । इजमाइल फेब्रुअरी पहिलो साता नेपाल आइपुग्ने भएका हुन् । दुई देशबीचको श्रम सम्झौतापछि मलेसियाबाट उच्च अधिकारीको औपचारिक भ्रमण भएको थिएन ।

मलेसियाले उत्पादन, निर्माण, खेती, प्लान्टेसन र सेवा क्षेत्रका लागि स्रोत देशबाट कामदार लैजान फरेन वर्कर इम्प्लोइमेन्ट रिल्इाक्सेससन योजना ल्याएको छ । मलेसियाले औद्योगिक उत्पादन, निर्माण, खेती, प्लान्टेसन र सेवालाई संवेदनशील क्षेत्रका रूपमा लिएको छ ।

‘तुरुन्तै ५ लाख कामदार भर्ना गर्ने नीति ल्याए पनि नेपालबाट कति लैजाने भन्ने कोटा यकिन गरिएको छैन,’ मलेसियाको गृह र मानव संसाधन मन्त्रीसँग शुक्रबार छुट्टाछुट्टै कूटनीतिक भेट गरेका नेपाली राजदूत डिल्लीप्रसाद पौडेलले भने, ‘अहिले देखिएको कामदार अभाव पूर्ति गर्ने नेपाल प्रमुख स्रोत देशभित्र पर्छ ।’

मलेसियाले नेपालसहित १५ देशबाट कामदार लैजाने गर्छ । त्यसमध्ये नेपालसँग मात्रै शून्य लागतमा कामदार लैजाने श्रम सम्झौता छ, कान्तिपुर दैनिकमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष