केएल दुगड समूहको स्वस्तिक आयल इन्डस्ट्रिजलाई भन्सार कार्यालयद्वारा सम्मान
काठमाडाैं । केएल दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज प्रालिलाई विराटनगर भन्सार कार्यालयले सम्मान गरेको छ।
कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ मा राजस्व संकलनमा सबैभन्दा बढी योगदान पुर्याएको भन्दै सम्मान गरेको हो।
कार्यालयले स्वस्तिक आयाल इन्डस्ट्रिजलाई अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर स.सम्मान प्रशंसा पत्र प्रदान गरेको थियो।
साथै भन्सार कार्यालयले बिगतमा जस्तै आगामी दिनमा पनि राजस्व संकलनमा सहयोग रहने अपेक्षा गरेको बताएको छ।
स्वस्तिक आयल इन्डस्ट्रिज, स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ, सन्फ्लो सन्फ्लावर आयल जस्ता उत्कृष्ट ब्रान्डहरु उत्पादन गर्ने कम्पनी हो।
यो बिगतका वर्षहरुमा पनि उत्कृष्ट निर्यात गर्ने कम्पनीको रुपमा सम्मानित हुँदै आएको थियो।
ताजा अपडेट
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ
-
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने


प्रतिक्रिया