बालेनविरुद्ध माइतीघरमा आज प्रदर्शन हुँदै
काठमाडौं । रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा जनसागर उत्रिएको भोलिपल्ट काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन हुने भएको छ ।
निजी जग्गामा डोजर चलाउने काठमाडौं महानगरपालिकाको कदमको विरोधमा मेयर शाहविरुद्ध आइतबार दिउँसो २ बजे विरोध प्रदर्शन हुने भएको हो । मेयर साहले महानगरपालिकाको नेतृत्व लिएपछि नक्सापासबिना अनधिकृत ढंगले बनाइएका संरचना हटाउने अभियान सञ्चालन गर्दै आएका छन् । केही समयअघि महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने प्रयास गरेको थियो । जुन चौतर्फी विरोधपछि अहिले स्थगित छ ।
उपत्यकाव्यापी सडक विस्तार संघर्ष समितिको नेतृत्वमा आइतबार बालेनविरुद्ध प्रदर्शन हुने भएको हो । यो समितिका संयोजक सुमन सायमी हुन् । उनी गत स्थानीय तह निर्वाचनमा बालेनका प्रत्यासी थिए ।
सायमीले सडक विस्तारका नाममा बिना अध्ययन, अनुसन्धान डोजर चलाएर सहरी सुव्यवस्थामा खलल पार्ने काम महानगरबाट भएकाले मेयर बालेनविरुद्ध प्रदर्शन गर्न लागिएको जानकारी दिए ।
स्वतन्त्र उम्मेदवारी दिएर मेयरमा विजयी बनेका बालेनको कार्यशैलीलाई लिएर अनेक प्रश्न उठ्न थालेका छन् । खासगरी लहडका भरमा बिनाअध्ययन काम गर्ने गरेको र जवाफदेहिताबाट पन्छिएको आरोप उनीमाथि छ । तीव्र आलोचना खेपे पनि उनीविरुद्ध संस्थागत विरोध प्रदर्शन हुन लागेको भने पहिलो पटक हो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया