१४ अंकले घट्यो नेप्से, ३ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्सेमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १४.६८ ७१ अंकले घटेर २१६८.५३ विन्दुमा झरेको छ ।
आज कुल २६७ स्टकको ५१ हजार ९७३ पटक कारोबारमा ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर खरिदबिक्री हुँदा कुल ३ अर्ब एक करोड ७० लाख ६३ हजार ९५६ रूपैयाँको कारोबार भएको छ ।
आज होटल र जीवनबीमा कम्पनीबाहेका उपसमूहको सेयरमूल्य घटेको छ । होटल र जीवनबीमा क्रमश : ०.२० र ०.३४ प्रतिशतले बढेका छन् ।
घटेका उपसमूहरूमा विकास बैंक १.५९, वित्त २.०४, जलविद्युत ०.३३, लगानी १.७७, उत्पादन ०.२५, लघुवित्त ०.८७, सामूहिक लगानी ०.५९, नीर्जीवन ०.०९, अन्य १.३२ र व्यापार १.०८ प्रतिशतले घटेका छन् ।
आज लुम्बिनी र बारही हाइड्रोपावरलका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै इष्टन हाइड्रोपावर, आदर्श लघुवित्त र सूर्यज्योति लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ९.९९ प्रतिशतक दरले गुमाएका छन् ।
आइतबार समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले सर्वाधिक ६.०९ प्रतिशतले गुमाएका छन् । सिभिल लघुवितत्त वित्तिय संस्था ६.०८, सूर्यदय वमी लघुवित्त ५.२८, ग्रिन लाइफ हाइड्रोपावर लिमिटेड ५.०७ र गणपत्ती लघुवित्तका लगानीकर्ताले ४.६८ प्रतिशतले गुमाएका छन् ।
कारोबार रकमको आधारमा आइएमइ जनरल इन्स्योरेन्सको सर्वाधिक ९ करोड ९९ लाख ४ हजार रूपैयाँ बराबरको कारोबार भयो । त्यस्तै हिमालय उर्जा विकास ९ करोड २१ लाख १८ हजार, एनआइसी एशिया ७ करोड १३ लाख १८ हजार, अंखुखोला जलविद्युत ६ करोड ८३ लाख ७० हजार र नेपाल लाइफ इन्स्योरेन्स ६ करोड ६२ लाख रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया