‘श्रीलंकाको अर्थतन्त्र सन् २०२४ देखि सुधार हुन्छ’

एजेन्सी । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेले मुलुकको अर्थतन्त्रमा सन् २०२४ देखि वृद्धि हुने बताएका छन् ।
श्रीलंकाको अर्थतन्त्र सन् २०२२ मा ११ प्रतिशतले ऋणात्मक भएको थियो भने यस वर्ष २०२२ मा अर्थतन्त्रमा सामान्य सुधार आई ३.५ देखि ४ प्रतिशतको हाराहारीमा ऋणात्मक हुने अनुमान छ ।
राष्ट्रपति विक्रमासिङ्घेले सरकारद्वारा सञ्चालित आर्थिक सुधारका परियोजनाहरु तथा ऋण पुनर्संरचना कार्यक्रममा अबरोध आए आर्थिक संकटमा मुलुक फस्दै जाने जोखिम अझै रहेको पनि बताए ।
श्रीलंकाको अनुराधापुरामा आयोजित एक धार्मिक सभामा सम्बोधन गर्दै राष्ट्रपति विक्रमासिङ्घेले देशको आर्थिक सुधारमा सहयोग गर्न सबैसँग आग्रह गरे ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया