एनआइसी एशिया बैंकले ७ ठाउँको जग्गा बिक्री गर्दै
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा दर्ता भएको ७ ठाउँको जग्गा बिक्री गर्ने भएको छ । बैंकले जग्गा बिक्रीका लागि सात दिने गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ ।
बैंकले कास्की जिल्ला पोखरा उपमहानगरपालिका वडा नं. १५ मा र मालपोत कार्यालय लेखनाथमा दर्ता भएको रूपाकोटमा रहेको जग्गा, नवलपरासी रहेको चार वटा नवलपरासी (सुस्ता पूर्व) नवलपुरमा एउटा गरी कुल ७ वटा जग्गा बिक्री गर्न सूचना प्रकाशित गरेको हो ।
सो जग्गा किन्न चाहाने ईच्छुक ब्यक्ति, फर्म, सघ संस्थाले ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ट्रेड टावर थापाथली, काठमाडौंमा शिलबन्दी बोलपत्र पेश गर्न सक्ने बैंकले जनाएको छ ।
यसभन्दा अघि बैंकले ३० ठाउँका जग्गाहरू बिक्रीका लागि १५ दिने सूचना प्रकाशित गरेको थियो ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया