एनआइसी एशिया बैंकले ७ ठाउँको जग्गा बिक्री गर्दै
काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा दर्ता भएको ७ ठाउँको जग्गा बिक्री गर्ने भएको छ । बैंकले जग्गा बिक्रीका लागि सात दिने गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ ।
बैंकले कास्की जिल्ला पोखरा उपमहानगरपालिका वडा नं. १५ मा र मालपोत कार्यालय लेखनाथमा दर्ता भएको रूपाकोटमा रहेको जग्गा, नवलपरासी रहेको चार वटा नवलपरासी (सुस्ता पूर्व) नवलपुरमा एउटा गरी कुल ७ वटा जग्गा बिक्री गर्न सूचना प्रकाशित गरेको हो ।
सो जग्गा किन्न चाहाने ईच्छुक ब्यक्ति, फर्म, सघ संस्थाले ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ट्रेड टावर थापाथली, काठमाडौंमा शिलबन्दी बोलपत्र पेश गर्न सक्ने बैंकले जनाएको छ ।
यसभन्दा अघि बैंकले ३० ठाउँका जग्गाहरू बिक्रीका लागि १५ दिने सूचना प्रकाशित गरेको थियो ।
ताजा अपडेट
-
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा आवेदन माग
-
लुम्बिनीको तराई क्षेत्रमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध
-
कतिबेलाबाट सुरु हुन्छ उपनिर्वाचनको मतगणना ?
-
पहाडी भागमा आज हल्का वर्षाको सम्भावना
-
१५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै
प्रतिक्रिया