अवैध आयात रोक्न पोल्ट्री व्यवसायीको माग
झापा । झापाका पोल्ट्री व्यवसायीले भारतीय कुखुराको अवैध आयात रोक्न सरकारसँग माग गरेका छन् । आर्थिक मन्दी र भारतीय कुखुराको अवैध आयातले यहाँको पोल्ट्री व्यवसाय धरायसी बनेको भन्दै सीमाबाट हुँदै आएको अवैध कुखुरा आयात रोक्न माग अघि सारेका हुन् ।
भारतबाट सस्तो मूल्यमा आयात हुने जिउँदो कुखुरा र मासुको आयातले यहाँका पोल्ट्री व्यवसाय संकटमा परेकाले त्यसलाई कडाइका साथ नियन्त्रण गर्नुपर्ने जिल्ला कुखुरा व्यवसायी संघ झापाका अध्यक्ष विवेक निरौलाले बताए । आफूहरुले उठाएका व्यावसायिक मागका बारेमा प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेट गरी ज्ञापन पत्रसमेत बुझाइएको उनले बताए ।
कोरोना महामारी र त्यसपछिको आर्थिक मन्दिका कारण विकराल अवस्था आएको पनि पोल्ट्री व्यवसायीको भनाइ छ । भारतबाट आउने अण्डा, कुखुरा र मासुको आयात रोक्न सक्दा पनि यसबाट यहाँको व्यवसायीलाई राहत मिल्ने आफूहरूले मुख्यमन्त्री कार्कीको ध्यानाकर्षण गराएको निरौलाको भनाइ छ ।
उनका अनुसार जिल्लामा दैनिक करिब ४० हजार केजीसम्म कुखुराको खपत हुँदै आएको छ । आर्थिक मन्दिका कारणले ४० प्रतिशत माग घटेको र मूल्यसमेत घटेको उनले बताए । तीन वर्ष अघिसम्म जिल्लामा करिब आठ हजार जना किसान पोल्ट्री व्यवसायमा आवद्ध भए पनि अहिले आएर यो संख्या चार हजारका हाराहारीमा भएको उनको भनाइ छ ।
यस व्यवसायमा दिनानुदिन किसान पलानयन हुने क्रममा रहेको अध्यक्ष निरौला बताउछन् । झापामा कुखुराको मासु र अण्डामा आत्मनिर्भर भए पनि अवैध रुपमा आयात हुने अस्वस्थ्यकर मासु तथा अण्डा लगायतका उपभोग्य बस्तुको प्रभावकारी नियन्त्रण नहुँदा आफूहरुले समस्या भोग्नु परेको दमक १० का पोल्ट्री व्यवसायी नवराज न्यौपानेले बताए । जिल्लाको दमक, विर्तामोड, भद्रपुर, कन्काई नगरपालिकामा ठूलो परिणममा पोल्ट्री व्यवसाय हुँदैआएका छन् ।
ताजा अपडेट
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
-
काठमाडौँ महानगरको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार
-
चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा
-
६ सचिवको सरुवा, पर्यटन, शिक्षा र कृषि सचिव फेरिए
प्रतिक्रिया