नबिल बैंकको सैंबु शाखा फर्पिङमा स्थानान्तरण हुँदै
काठमाडौं । नबिल बैंक लिमिटेडले ललितपुर महानगरपालिका, २५ सैंबुमा रहेको शाखालाई काठमाडौं जिल्लाको दक्षिणकाली नगरपालिका, ५ स्थित फर्पिङमा स्थानान्तरण गर्न भएको छ ।
बैंकले माघ २२ गतेबाट हालको स्थानबाट शाखा स्थानान्तरण गरी नयाँ ठाउँबाट सेवा सुरू गर्न लागेको हो ।
साथै बैंकले सैंबुमा रहेको लकर तथा खाता सेवालाई सोहि स्थानदेखि ०.८ किमि पर स्थानान्तरण गर्न लागिएको जनाएको छ ।
लकर ग्राहकले टुटफुट हुने सामान लकरमा राखेको भए लकर सार्नुअघि नै (माघ १९ गते निकाल्न) बैंकले सूचनामार्फत जानकारी गराएको छ । अन्यथा लकर स्थानान्तरण हुँदा लकरमा भएका सामान टुटफुट भएमा बैंक जिम्वेवार नहुने उल्लेख गरेको छ ।

ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया