NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले विकासको नयाँ ढाँचा स्थापनामा जोड दिएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिका महासचिव सीले विकासको नयाँ ढाँचा स्थापनाका साथै सुरक्षाा र विकासका प्रयासलाई बढावा दिनुपर्नेमा जोड दिएका हुन् ।

सिपिसी राजनीतिक ब्यूरोको बैठकमा महासचिव सीले विकासको नयाँ ढाँचा स्थापनालाई तीव्र गतिमा अघि बढाउँदै दोस्रो शताव्दीको लक्ष्य हासिल गर्न र विकासका साथै सुरक्षा सुनिश्चित गर्नुपर्ने बताए । उनले भविष्यको विकासको प्रयासलाई रणनीतिक योजना बनाएर कार्यसम्पादन गर्न सुझाए।

चीनको आर्थिक विकासका निम्ति विकासको नयाँ ढाँचा अपरिहार्य भएको उल्लेख गर्दै महासचिव सीले चिनियाँ राष्ट्रको महान् पुनरुत्थानको प्रक्रियालाई निर्वाध अघि बढाउन तथा आधुनिक समाजवादी देशका रूपमा चीनलाई चिनाउने लक्ष्य हासिल गर्नु विकासको नयाँ ढाँचाको उद्देश्य भएको स्पष्ट गरे ।

ताजा अपडेट

नेपालवाच विशेष