दुई लघुवित्तले घोषणा गरे लाभांश
काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्तले लाभांश घोषणा गरेका छन् ।
दुवै कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । आदर्श लघुवित्तले २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लघुवित्तले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५ प्रतिशत नगद गरी कूल २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल लघुवित्त संस्थाको चुक्ता पुँजी दुई करोड सात लाख छ ।
यस्तै, नाडेप लघुवित्तले १० दशमलव ५२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । लघुवित्तले १० प्रतिशत बोनस शेयर र ० दशमलव ५२६ प्रतिशत नगदको प्रस्ताव गरेको हो । लघुवित्तको चुक्ता पुँजी ४८ करोड ५७ लाख ६० हजार छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती तथा कम्पनीको आगामी साधारणसभाबाट पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया