पानी नपरेपछि किसान चिन्तित
रसुवा । दसैँयता वर्षा नभएपछि यहाँ लगाइएका हिउँदेबालीमा सिँचाइको अभाव भएको छ । समय–समयमा वर्षा नभएपछि उत्तरी क्षेत्रमा लगाइएका हिउदेबाली गहुँ, जौ, करू तथा दक्षिणी भेकका गहुँ, तोरी, आलुसमेतलाई सिँचाइको अभाव भएको हो ।
सिँचाइ अभावका कारण यस वर्षको हिउँदे खेतीबालीको उत्पादन ५० प्रतिशतले घट्ने अनुमान किसानले गरेका छन् ।
‘मङ्सिरमा पर्नुपर्ने हिउँ अहिलेसम्म नपरेकाले गहुँको बोट भुइँ झारकोजस्तै तलै छन् । यसले उत्पादनमा ह्रास आउने सम्भावना देखिएको छ’, स्थानीय किसान याकबहादुर लिम्बूले भने । हिउँदेबालीको उत्पादनमा कमी आउने देखिएपछि खाद्यान्नको सङ्कट हुने उनको भनाइ छ ।
यहाँको वृदिम, खैदी, थुमन, चिलिमे, गोल्जुङ, गतलाङ, हाकु, स्याफ्रु, धुञ्चे, राम्चे, यार्सालगायतका स्थान बढी प्रभावित भएका छन् । यी क्षेत्रमा सिँचाइ नभएको र हिमपातको चिसोमा निर्भर हुनुपर्ने भएकाले पनि किसान बढी चिन्तित भएका हुन् ।
दक्षिणी भेकको डाँडागाउँ, ठूलोगाउँ, लहरेपौवा, भोर्ले, धैबुङ, सरमथलीलगायतका स्थानमा भने सिँचाइ व्यवस्था भएको जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामाले बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया