माओवादी स्थायी समिति बैठक आज पनि बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । बिहीबारबाट सुरु बैठक शुक्रबार दिउँसो ३ बजे पुनः बस्न लागेको हो ।
आजको बैठकमा गृह मन्त्री विवाद, राष्ट्रपति निर्वाचनलगायत विषयमा नेताहरूले धारणा राख्ने तालिका छ ।
नागरिकता प्रकरणमा सर्वोच्च अदालतको आदेशबाट गृह मन्त्री गुमाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष लामिछाने पुनः उही जिम्मेवारीमा फर्कन चाहेका छन् । त्यसका लागि लबिङ तीव्र पारेका उनले बिहीबारको पार्टी बैठकबाट प्रधानमन्त्रीलाई दुईदिने अल्टिमेटम दिएका छन् । तर प्रचण्ड र स्वयं माओवादी पार्टीका नेता रविलाई गृह मन्त्रालय दिन नहुने पक्षमा छन् । नागरिकता प्रकरणमा सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ नआएको र दोहोरो राहदानी लिएको विषय बाँकी रहेकाले उक्त विषय टुंगिनुअगावै गृह मन्त्रालयमा फर्काउँदा खराब सन्देश जाने उनीहरूको मत छ ।
हिजोको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरेका थिए । उनले रास्वपाको गृह मन्त्रालय अडानले गठबन्धन समस्यामा परेको समेत बताएको सहभागी एक नेताले बताए ।
बैठकले राष्ट्रपति निर्वाचन, गृह मन्त्रालय विवादजस्ता मुख्य मामलामा ठोस निर्णय गर्ने अनुमान गरिएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया