ग्लोबल आइएमई बैंकले ऋणपत्र निष्कासन गर्दै
काठमाडाैं । काठमाडौं ग्लोबल आइएमई बैंकले माघ २९ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । जसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । त्यस्तै सामुहिक लगानी कोषलाई १ लाख इकाई ऋणपत्र छुट्याएको थियो । जसमा ७० हजार इकाई लागि मात्रै आवेदन परेको थियो ।
बाँकी ३० हजार इकाई सहित १९ लाख ३० हजार इकाई सर्वसाधारणका लागि खुला हुनेछ । ग्लोबल आइएमईले ५ वर्ष अवधिको ११.२५५ ब्याजदर भएको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ जारी गर्न लागेको हो । यस ऋणपत्रमा फागुन ३ गतेसम्म आवेदन दिन पाइनेछ ।
उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने फागुन १४ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया