आसममा बाल विवाहविरुद्ध अभियान, करिब १८ सय पक्राउ
गुवाहाटी । आसाम प्रहरीले बाल विवाहविरुद्धको अभियानलाई तीव्र गतिमा अघि बढाएको छ । सामाजिक विकृतिविरुद्धको यो अभियानका क्रममा हालसम्म एक हजार सात सय ९३ जना पक्राउ परेका छन् ।
आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माको निर्देशनमा बिहीबार रातिदेखि बाल विवाहविरुद्ध राज्यव्यापी कारबाही थालिएको बताउँदै प्रहरी महानिरीक्षक एवम् आसाम प्रहरीका प्रवक्ता प्रशान्तकुमार भुयानले राज्यभरबाट पक्राउ परेकामध्ये एक सय ३१ जना एकै स्थान विश्वनाथका रहेका एएनआईलाई जानकारी दिए ।
राज्यव्यापीरूपमा बाल विवाह रोक्न मुख्यमन्त्रीबाट प्राप्त निर्देशनअनुसार राज्यभरका प्रहरी त्यसविरुद्ध आक्रामक भएर लागेका उनले बताए । उमेर नपुगेका युवतीसँग विवाह गरेको आरोपमा माजुली जिल्लाबाट छ जनालाई नियन्त्रणमा लिईको छ भने गुवाहाटीमा मात्र बालविवाहसम्बन्धी एक सय ९२ मुद्दा दर्ता भएका छन् ।
गुवाहाटीबाट ५३ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । बाल विवाहमा संलग्न भएको अभियोगमा ध्रुवी जिल्ला प्रहरीले ९६ जनालाई हिरासतमा लिएको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया