बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टिँदैछन् : मुख्यमन्त्री कार्की
उर्लाबारी । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टने अवस्थामा पुगेको बताएका छन् । उनले आज मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालित प्रादेशिक औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा भने, “व्यवसायी ब्याजकै कारण भौँतारिनुपर्ने अवस्थाको सिर्जना भएको छ, बैंकिङ नीतिमा सुधार गरियोस् ।”
पछिल्लो समय बैंकमा सञ्चिती बढ्दै गएको उल्लेख गर्दै मन्त्री कार्कीले बैंकले राम्रा नीति बनाउने, राष्ट्र बैंकले राम्रो मौद्रिक नीति ल्याउने हो भने हाम्रो मुलुक आर्थिकरूपले विपन्न हुने दाबी गरे । उनले व्यापारीले चर्को ब्याज तिर्नुपर्ने अवस्था आएको भन्दै यस्तो अवस्थामा सुधार हुनुपर्नेमा जोड दिए ।
माघ २९ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेपाललगायत भारत, पाकिस्तान र बङ्गलादेशका गरी एक सय ७० स्टल राखिएको महोत्सव आयोजक समितिका संयोजक चन्द्रबहादुर भट्टराईले जानकारी गराए । यस क्षेत्रको व्यापार, व्यवसायलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको भट्टराईको तर्क छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया