नेप्से परिसूचकमा झिनो अंकको वृद्धि

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ५४ अङ्कले उकालो लागेर दुई हजार ९६ दशमलव शून्य आठमा पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८९ अङ्कले उकालो लागेर चार सय दशमलव २६ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।
कारोबार भएकामध्ये एक सय आठ कम्पनीको शेयर मूल्य उकालो लाग्दा एक सय एक कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने सात कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन ।
कूल ५२ लाख छ हजार तीन सय ७० कित्ता शेयर रू एक अर्ब ९३ करोड १७ लाख १९ हजार एक सय तीन मूल्यमा खरिद बिक्री भएका छन् ।
नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रू छ करोड ४४ लाख २४ हजार छ सय ८२ बराबरको कारोबार भएको छ । एनआइसी एशिया बैंक रू पाँच करोड ८५ लाख १६ हजार, नविल बैंक रू पाँच करोड ७४ लाख ७६ हजार तीन सय ८१, चिलिमे हाइड्रोपावर रू पाँच करोड सात लाख चार हजार नौ सय चार र हिमालयन डिस्टिलरी रू चार करोड २४ लाख ७४ हजार सात सय ५७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार आर्दश लघुुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । पोखरा फाइनान्स आठ दशमलव ४९, सिद्धार्थ इक्विटी फण्ड चार दशमलव २९, जानकी फाइनान्स चार दशमलव १५ र चिलिमे हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव शून्य आठ प्रतिशतले कमाएका छन् ।
इस्टर्न हाइड्रोपावर पाँच दशमलव ४५, प्रभु बैंकको ऋणपत्र चार दशमलव ८६, प्राइम लाइफ तीन दशमलव ८४, पाँचथर पावर कम्पनी तीन दशमलव ६३ र सयपत्री हाइड्रोपावरका लगानीकर्ताले तीन दशमलव ६३ प्रतिशतले गुमाएका छन् ।
आइतबारको कारोबारपछि बजार पूँजीकरण रू ३० खर्ब २४ अर्ब ७५ करोड ६९ लाख ७४ हजार सात सय ७५ बराबर रहेको छ ।
ताजा अपडेट
-
नेपालमै पहिलोपटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया
-
टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बेनी-जोमसोम-कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति
-
बजेट अभावले कञ्चनपुरमा पुल निर्माणको काम प्रभावित
-
सभामुख घिमिरेले गरे संसदको अवरोध हटाउन प्रमुख दलका सचेतसँग छलफल
प्रतिक्रिया