पुसमा मात्रै ८७ करोडको पोलिसी सरेण्डर, कुन कम्पनीका बीमितले कति त्यागे पोलिसी ?

काठमाडौं । पछिल्लो समय आर्थिक मन्दीको असर बीमा व्यवसायमा पनि देखिएको छ । बीमा कम्पनीहरुमा व्यवसायभन्दा बढी पोलिसी सरेण्डर हुन थालेको छ ।
चालु आर्थिक वर्षको पुस महिनामा मात्रै कुल ८७ करोड ४३ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ । जुन प्रथम बीमा शुल्क आर्जनको ३० प्रतिशत हो ।
पुसमा सबैभन्दा बढी नेपाल लाइफले पोलिसी सरेण्डर गर्नु परेको छ । नेपाल लाइफले पुस महिनामा ४४ करोड ४२ लाखको प्रथम बीमा शुल्क आर्जन गर्दा ४३ करोड ९७ लाख रुपैयाँको पोलिसी सरेण्डर गर्नु परेको छ । जुन प्रथम बीमा शुल्क आर्जनको ९८ प्रतिशत हो ।
त्यस्तै धेरै पोलिसी सरेण्डर गर्नुपरेको दोस्रो बीमा कम्पनीमा एलआइसी नेपाल रहेको छ । एलआइसी नेपालले पुस महिनामा २९ करोड ६ लाख प्रथम बीमा शुल्क आर्जन गर्दा कुल ९ करोड ५९ लाख पोलिसी सरेण्डर गर्नुपरेको छ । जुन प्रथम बीमा शुल्क आर्जनको ३३ प्रतिशत रहेको छ ।
तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । नेशनल इन्स्योरेन्सले पुसमा ८ करोड ३३ लाखको पोलिसी सरेण्डर गरेको छ । जुन प्रथम बीमा शुल्क आर्जनको २८ प्रतिशत हो । नेशनल लाइफले पुसमा २९ करोड ३० लाख प्रथम बीमा शुल्क आर्जन गरेको छ ।
आर्थिक मन्दीको असर राष्ट्रिय बीमा संस्थानमा पनि देखिएको छ । राष्ट्रिय बीमा संस्थानले प्रथम बीमा शुल्क आर्जनभन्दा सरेण्डर धेरै गर्नुपरेको छ ।
संस्थानले ३ करोड ६४ लाख रुपैयाँको प्रथम बीमा शुल्क आर्जन गर्दा कुल ७ करोड ७३ लाख पोलिसी सरेण्डर भएको छ । जुन प्रथम बीमा शुल्क आर्जनको २१२ प्रतिशत हो ।
त्यसैगरी एशियन लाइफले पुसमा १९ करोड ४ लाखको प्रथम बीमा शुल्क आर्जन गरेको छ भने ३ करोड ६८ लाख पोलिसी सरेण्डर गरेको छ । जुन प्रथम बीमा शुल्क आर्जनको १९ प्रतिशत रहेको छ ।
मेट लाइफले १० करोड ३० लाखको प्रथम बीमा शुल्क आर्जन गरेकोमा ३ करोड ६ लाख पोलिसी सरेण्डर गरेको छ । प्राइम लाइफले १२ करोड ६१ लाख प्रथम बीमा शुल्क आर्जन गरेकोमा २ करोड १२ लाख पोलिसी सरेण्डर गरेको छ । जुन प्रथम बीमा आर्जनको १६ प्रतिशत हो ।
पुस महिनामा जीवन बीमा कम्पनीहरुले आर्जन गरेको प्रथम बीमा शुल्क र पोलिसी सरेण्डरको विवरण यस्तो छ :
प्रतिक्रिया