कांग्रेस सरकारमा जाँदैन : नेता कोइराला
चितवन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस सरकारमा सहभागी नहुने बताएका छन् ।
राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि कांग्रेस अहिले नै सरकारमा सहभागी नहुने उनले स्पष्ट पारेका हुन् । उनले पत्रकारसँग कुराकानी गर्दै भने, ‘कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ ।’
राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास गरिने पनि उनको भनाइ छ । राष्ट्रपति पद संविधानको रक्षाका लागि भएको भन्दै संविधानको रक्षा गर्नु सबैको जिम्मेवारी भएको उनले बताए । फरक प्रसङ्गमा उनले प्रेस स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताए ।
लोकतन्त्रबिना विकास सम्भव नहुने भन्दै उनले प्रेस स्वतन्त्रता कांग्रेसका लागि महत्वपूर्ण भएको बताए । ‘आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन, राजनीतिमा सहनशीलता चाहिन्छ’, उनले भने, ‘सञ्चारमध्यामको काम खबरदारी गर्ने हो, अन्यथा मान्नु हुँदैन ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया