लुम्बिनीमा आज राष्ट्रियसभा उपनिर्वाचन हुँदै

काठमाडौं । लुम्बिनीको रिक्त राष्ट्रियसभा सदस्यका लागि आज उपनिर्वाचन हुँदैछ ।
नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त हुन पुगेको सिटमा बुधबार उपनिर्वाचन हुन लागेको हो ।
निर्वाचनका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रलाई मतदान केन्द्र तोकिएको छ ।
राष्ट्रिय सभा सदस्यका लागि तीन उम्मेदवार आमनेसामने छन् ।
सत्तारूढ दलका तर्फबाट एमालेका कुमार दसौदी, कांग्रेसबाट माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार छन् । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरेको भए पनि उम्मेदवारी दिएको छ ।
रष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुने संवैधानिक व्यवस्था छ ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया