एमालेको ‘सम्माननीय कठपुतली राष्ट्रपति’ बन्न दिँदैनौं : गगन थापा
काठमाडौं । कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिमा एमालेको उम्मेदवारलाई हराउने दाबी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले एमालेको उम्मेदवार भए ‘सम्माननीय कठपुतली राष्ट्रपति’ हुने जिकिर गरे ।
‘एमाले नेतृत्वले कार्यकर्तालाई राष्ट्रपति बनायो भने ‘सम्माननीय कठपुतली राष्ट्रपति’ भने हुन्छ । त्यसले विस्तारै समानान्तर शक्तिको अभ्यास गर्छ,’ थापाले टिप्पणी गरे ।
हिजोको राष्ट्रपतिका कारण फेरि एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान दुर्घटनामा पर्छ कि भन्ने डर रहेको उनले बताए ।
थापाले राष्ट्रपतिप्रति आँखा नलगाउन एमाले अध्यक्ष केपी आग्रह गरे । ओलीजी राष्ट्रपतिमा आँखा लाउलास् भन्नुहुन्छ’, ओलीप्रति लक्षित गर्दै थापाले भने, ‘आँखै लाउँछौं । भोटै माग्छौं, हामीले भनेको राष्ट्रपतिको उम्मेदवारलाई जिताउँछौं ।’
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया