सशस्त्रका चार एसएसपीको बढुवा सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि चारजनाको नाम सिफारिस भएको छ ।
सशस्त्र प्रहरीको बढुवा समितिको बैठकले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम १ को (ख) बमोजिम सशस्त्र प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिस गरेको हो ।
सशस्त्र प्रहरीका बढुवा समितिका सदस्य–सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरीका चार वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ, अञ्जनीकुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवाका लागि सिफारिस गरिएको जानकारी दिए ।
बढुवा सिफारिसउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकले प्रहरी नियमावली, २०७२ को नियम ५५ मा व्यवस्था भएबमोजिम सात दिनभित्र बढुवाउपरको उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन सक्ने व्यवस्था गरेको छ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया