बेलाइती अर्थतन्त्र मन्दीबाट सुध्रिदै
लण्डन । बेलाइतको अर्थतन्त्र सन् २०२२ को अन्तिम तीन महिनामा बढ्दो मुद्रास्फीतिको बाबजुद पनि मन्दीबाट केही हदसम्म जोगिएको छ । शुक्रबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार कुल गार्हस्थ्य उत्पादनले चौथो त्रैमासिकमा शून्य बृद्धिदर देखिएको छ जुन अघिल्लो तीन महिनामा ०.३ प्रतिशतले सङ्कुचित भएको राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) ले जनाएको छ ।
ओएनएसले सन् २०२१ मा ७.४ प्रतिशतको वृद्धिपछि दशकौंको उच्च मुद्रास्फीतिलाई कम गर्दै गत वर्ष समग्रमा ४.१ प्रतिशतले विस्तार गरेको थियो ।
अर्थमन्त्री जेरेमी हन्टले बेलाइतले मन्दीबाट जोगिनू गरिएका प्रयास र प्रयोगलाई जोड दिए पनि बढ्दो उच्च उपभोक्ता मूल्यहको बारेमा भने चेतावनी दिएका छन् ।
‘हामी अझै अर्थतन्त्रको अफ्ठेरोबाट बाहिर छैनौं र मुद्रास्फीतिको समस्या जटिल नै छ ।’
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया