१४ वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा, कुन-कुन ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशन उल्लंघन गरेको भन्दै १४ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकको सुपरीवेक्षण विभागले चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासमा निर्देशन उल्लंघन गर्ने वाणिज्य बैंकहरुलाई कारबाही गरेको हो ।
कारबाहीमा पर्ने बैंकहरूमा प्रभु बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई, नेपाल बंगलादेश बैंक, नेपाल क्रेडिट एण्ड कर्मस बैंक,सिटिजन्स बैंक, एनसीसी बैंक, मेगा बैंक, सेञ्चुरी बैंक सनराइज बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र एनएमबि बैंक छन् ।
प्रभु बैंकलाई अनिवार्य नगद मौज्दात तथा वैधानिक तरलता अनुपात कायम नगरेको भन्दै कारबाही राष्ट्र बैंकले कारबाही गरेको छ । उक्त बैंकलाई कारबाहीस्वरुप १ लाख ८० हजार ४३० रुपैयाँ जरिवाना गराएको छ । नेपाल बैंक लिमिटेडलाई इन्जिनियरिङ कम्पनीकाे खाता रोक्का राख्ने निर्देशकन पालना नगरेको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।
राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई, नेपाल बंगलादेश बैंक, नेपाल क्रेडिट एण्ड कर्मस बैंक,सिटिजन्स बैंक, एनसीसी बैंक, मेगा बैंक र सेञ्चुरी बैंक सनराइज बैंकलाइ संकलन हुने निक्षेप मुद्धतीको हकमा प्रकाशित ब्याजदर तीन महिनासम्म परिवर्तन गर्न नपाइने भन्ने व्यवस्थाकाे पालना नभएको देखिएकाले, अगामी दिनमा उल्लेखित व्यवस्थाको पालना हुने गरी बैंकहरूका प्रमुख अधिकृतहरूलाई सचेत गराएकाे छ ।
त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंक र एनएमबि बैंकलाई निक्षेप बाहेकका निक्षेप खाताहरूमा दिइने अधिकतम र न्यूनतम ब्याजरबीचकाे अन्तर ५ प्रतिशतभन्दा बढीले फरक पार्न पाइने छैन भन्ने व्यवस्था उल्लंघन भएकाे सन्दर्भमा अगामी दिनमा उललेखित व्यवस्थाकाे पालना हुने गरी तथा भविष्यमा त्रुटी नदाेहिरने गरी बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई राष्ट्र बैंकले सचेत गराएको हो ।

ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया