सुनको मूल्य सामान्य घट्यो

काठमाडाै । मगलबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एक लाख ३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको हो ।
त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख तीन हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी सोमबारकै मूल्य एक हजार दुई सय ९५ रुपैयाँमा कारोबार भइरहको हो ।
प्रतिक्रिया