रविको रहदानीबारे जाहेरी सरकारी वकिलको कार्यालयले अघि नबढाउने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी सम्बन्धी जाहेरी जिल्ला सरकारी वकिालको कार्यालयले अघि नबढाउने भएको छ ।
कार्यालय प्रमुख सहन्यायाधिवक्ता अच्यूतमणी नेउपानेका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसनधान अघि बढाइसकेको जानकारी दिए । ‘प्रहरीले सर्वोच्च अदालतलाई लेखेको निवेदनमा यसबारे अनुसन्धान भइरहेको जानकारी गराएको देखियो । त्यसकारण हामीले यसमा केही पनि गर्नु नपर्ने देखिएको हो,’ उनले भने ।
लामिछानेले झुटो विवरणका आधारमा राहदानी लिएको भन्दै सिन्धुलीका युवराज पौडेलले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । त्यतिबेला प्रहरीले अदालतबाट उनीविरूद्धको नागरिकता सम्बन्धी मुद्दाको पूर्णपाठ नआइसकेको कारण देखाउँदै पौडेलको जाहेरी दर्ता गर्न अस्वीकार गरेको थियो ।
हाल प्रहरीले छानविन गरिरहेको विषय भएका कारण तत्कालका सरकारी वकिलको कार्यालयले केही गर्नु नपर्ने भएको नेउपानेले बताए ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ


प्रतिक्रिया