नेता चन्द्र भण्डारी ग्यास सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते

काठमाडौं । प्रतिनिधिसभाका सदस्यसमेत रहेका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी ग्यास सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते भएका छन्।
गएराति बुद्धनगरस्थित निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा उनीसँगै उनको ८६ वर्षीया आमासमेत घाइते भएकी छन् ।
उनीहरूको कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचार जारी छ।
चिकित्सकहरूका अनुसार चन्द्रको शरीरको करिब २५ प्रतिशत भाग र आमाको ७० प्रतिशत भागमा असर गरेको छ।
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ग्यास सिलिण्डर विस्फोटबाट घाइते नेता भण्डारी र उनकी आमाको उपचार जारी रहेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
महामन्त्री शर्मा कीर्तिपुरस्थित अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर फर्किएका हुन्।
भण्डारी गुल्मी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा उनी एमाले नेता प्रदीप ज्ञवालीलाई परास्त गर्दै विजयी भएका थिए ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया