सेयर बजारमा निरन्तर पहिरो, यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । सेयरबाजरमा गिरावट निरन्तर जारी छ । आज नेप्से २१.१५ अंकले घटेर २०७०.४१ विन्दुमा झरेको छ ।
आज आज कुल २५६ स्टकको ३५ हजार ७९ पटक कारोबारमा ४७ लाख ४७ हजार ५६७ कित्ता सेयर खरिदबिक्री हुँदा कुल १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार रूपैयाँको कारोबार भएको छ ।
सबै उपसमूहमा गिरावट देखिएको छ । आज सबैभन्दा बढी वित्तको १.५२ प्रतिशतले घटेको छ । अन्य उपसमूहरूमा बैंकिङ ०.६४, विकास बैंक १.१९, होटल तथा पर्यटन १.२५, जलविद्युत १.४६, लगानी १.२४, जीवन बीमा १.३८, उत्पादन १.९३, लघुवित्त १.२४, सामूहिक लगानी ०.२१, नीर्जीवन १.३७, अन्य ०.२२ र व्यापार ०.०९ प्रतिशतले घटेको छ ।
आज सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताले सर्वाधिक ७.६५ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै राप्ती हाइड्रो एण्ड जनरल ५.२३, प्रभु सेलेक्ट फण्ड २.०९, सबैको लघुवित्त वित्तिय संस्था २.०२ र इनर्जिङ नेपालका लगानीकर्ताले १.९४ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै बिहीबार युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले सर्वाधिक ५.९१ प्रतिशतका दरले गुमाएका छन् । सिटिजन्स म्युचल फण्ड ५.७८, सर्पोट माइक्रोफाइनान्स ५.५१, सिनर्जी पावर ४.२९ र धैलागिरीका लगानीकर्ताले ४.२३ प्रतिशतका दरले गुमाएमका छन् ।
बिहीबार कारोबार रकमको आधारमा हिमालयन डिष्टिलरी शीर्ष स्थानमा छ । उक्त कम्पनीको ५ करोड ३८ लाख २७ हजार ३५४९ रूपैयाँको कारोबार भयो ।
दोस्रोमा अपी पावर कम्पनी ५ करोड १३ लाख ७१ हजार रूपैयाँको कारोबार भएको छ । त्यस्तै न्यादी ग्रुप पावर ४ करोड ३६ लाख ४३ हजार, महिला लघुवित्त वित्तिय संस्था ४ करोड ६५ हजार र नबिल बैंकको ३ करोड ८४ लाख १२ हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया