स्पेनमा महिनावारी विदा सम्बन्धी कानुन संसदबाट पारित
एजेन्सी । स्पेनको संसदले महिलालाई सशुल्क महिनावारी विदा दिने कानुनलाई अनुमोदन गरेको छ । यसको पक्षमा एक सय ८५ र विपक्षमा एक सय ५४ जना सांसदले मत हालेका थिए ।
कार्यालयमा महिनावारी विदा दिनेबारे कानुन पारित गर्ने यूरोपमै पहिलो देश भएको छ स्पेन । अब त्यहाँका महिलाहरूले महिनाको तीन दिन महिनावारी विदा पाउनेछन् ।
यो विदा आवश्यका परेमा पाँच दिनसम्म पनि लिन पाइने कानुनी व्यवस्था गरिएको छ । पाँच दिनसम्मको विदा लिन भने उनीहरूले आफ्नो अवस्थाबारे जाँच भएको चिकित्सकको कागजात पेश गर्नुपर्ने हुन्छ ।
यसरी ‘पेड लिभ’ दिनका लागि सरकारले आफ्नै समाजिक सुरक्षा कोषबाट रकम निकासाको पनि व्यवस्था गरेको छ ।
हालसम्म ऐसिया र अफ्रिकाका केही मुलुकहरू जस्तै जापान, ताइवान, इन्डोनेसिया, दक्षिण कोरिया र जाम्बियाले महिनावारी बिदा दिने नीतिगत निर्णय गरिसकेका छन् । यूरोपमा भने यस्तो किसिमको कानुन पारित गर्ने स्पेन पहिलो मुलुक बनेको हो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया