एउटा नेताको बदमासीका कारण पुरै राजनीति बदनाम भयो : महामन्त्री शर्मा
काठमाडौं । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक व्यक्तिले गरेको गल्तीका कारण पुरै राजनीति बदनाम भएको बताएका छन् । राजनीतिभित्र राम्रा मानिस पनि छन् भनेर उनले बुझाउन नसकिएको स्वीकार गरे ।
‘सग्लो समाजः सङ्लो राजनीति’सम्बन्धी कर्णाली उत्सवमा आइतबार सहभागी भएका महामन्त्री शर्माले केही राजनीतिज्ञको प्रवृत्तिका कारण समग्र राजनीतिप्रति जनतालाई वितृष्णा देखिनु चिन्ताको विषय भएको टिप्पणी गरे ।
‘राजनीतिभित्र भएका सबै मानिस एउटै छैनन्, केही राम्रा पनि छन् भन्ने कुरा जनतालाई बुझाउन सकिएको छैन,’ उनले भने ।
गर्नुपर्ने कामको प्राथमिकता निर्धारण गर्न नसकिनु, समयमै आयोजना सम्पन्न नहुनु, भनेको बेला सेवा लिन नपाउनुजस्ता कुराले राजनीतिप्रति मानिसलाई वितृष्णा जागेको उनको भनाइ थियो । उनले राष्ट्रपति, प्रधानमन्त्री मन्त्री तथा सांसद बन्नेहरूको समयअविधि तोक्नुपर्ने र अर्कोलाई मौका दिँदै जानुपर्ने धारणा राखे ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया