फेल भएको आक्रोसमा विद्यार्थीले जलाए प्रिन्सिपल, अवस्था गम्भीर
काठमाडौं । परीक्षामा अनुत्तीर्ण गरिदिएको आक्रोसमा एक विद्यार्थीले कलेजका प्रिन्सिपल (प्राचार्य) लाई पेट्रोल छर्किएर जलाएका छन् । विद्यार्थीको घातक निशानामा परेकी प्राचार्यको अवस्था गम्भीर छ ।
भारतको इन्दौरस्थित बिएम कलेजको फार्मेसी विभागकी प्राचार्य विमुक्त शर्मालाई एक विद्यार्थीले पेट्रोल खन्याएर आगो लगाएका हुन् । सोमबार साँझ भएको घटनामा उनको शरीरको ८० प्रतिशत भाग जलेको छ ।
समाचारहरूमा जनाइएअनुसार, कलेजको काम सकेर घर जान कार चढेलगत्तै सोमबार साँझ उनीमाथि आक्रमण भएको थियो । घटनास्थलमा उपस्थित मानिसहरूले उनलाई तत्काल अस्पताल पुर्याएका थिए । तर शरीरको धेरै भाग जलेकाले अवस्था जतिल छ ।
आफ्नो शिक्षिकामाथि आगो लगाउने विद्यार्थीको नाम आशुतोष श्रीवास्तव हो। यस्तो जघन्य अपराध गरेर फरार उनले पेट्रोल छर्किएर आत्महत्या प्रयास गरेका थिए । स्थानीयको अवरोधका कारण उनको त्यो प्रयास भने सफल हुन सकेन । उनी अहिले प्रहरीको नियन्त्रणमा छन् ।
उनी उज्जैन नजिकै रहेको नागदाका बासिन्दा हुन् । सातौं सेमेस्टरमामा अनुत्तीर्ण उनले सातौं र आठौं सेमेस्टरको परीक्षा दिएका थिए । उक्त परीक्षा जुलाई २०२२ मा उत्तीर्ण गरे पनि कलेजले मार्कसिट रोकेको र त्यसकै प्रतिक्रियामा उनले यस्तो अपराध कर्म रोजेको बताइएको छ ।
घटनापछि भारतको शिक्षाक्षेत्र आक्रोसित बनेको छ । प्रशासनको लापरबाहीले घटना हुन पुगेको आरोप लगाउँदै उनीहरूले यसको निन्दा गरेका छन् ।
(एजेन्सी)
ताजा अपडेट
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
मौसममा पश्चिमी प्रणाली सक्रिय, वर्षा साथै यी ठाउँमा अचाक्ली गर्मी बढ्ने
-
नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै


प्रतिक्रिया