नागरिकता अध्यादेशविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको इजलासले आज उक्त रिट निवेदन खारेज गर्ने फैसला गरेको हो ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७८ जेठ ९ गते अध्यादेश जारी गरेको थियो । सोही जेठ ७ गते मध्यरातमा दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि सो अध्यादेश जारी गरिएको थियो ।
सरकारको उक्त कदमविरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेलगायतले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । सर्वोच्चले सोही जेठ २७ गते सरकारले ल्याएको अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । आज उक्त रिट निवेदन खारेज भएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया