माधवलाई राष्ट्रपतिको उम्मेदवार बनाउन ओलीबाट प्रस्ताव आएको छैन : एकीकृत समाजवादी
काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपतिको उम्मेदवारमा माधव नेपालको नाम प्रस्ताव गरेको कुरा हल्ला मात्र भएको एकीकृत समाजवादीले बताएकाे छ ।
पार्टी कार्यालय बानेश्वरमा बुधबार बसेको सचिवालय बैठकमा सदस्यहरूले राष्ट्रपतिको उम्मेदवार बन्न आएको प्रस्तावबारे नेपालसँग प्रश्न उठाएका थिए ।
जवाफमा नेपालले ओलीबाट आफूलाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव नगरेको स्पष्टिकरण दिएका थिए । बैठकको निर्णयबारे सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता झलनाथ खनालले बहिर भएका चर्चा निराधार भएको बताए ।
‘राष्ट्रपतिको उम्मेदवार बन्न हाम्रा अध्यक्षलाई प्रस्ताव आएको कुरा निराधार हो । यसमा कुनै सत्यता छैन’, उनले भने ।
भोलि प्रस्ताव आएको खण्डमा पुनः छलफल गर्न सकिने खनालले बताए । राष्ट्रपतिको पद र पार्टी एकीकरण जोडेर कुनै सहमति हुन नसक्ने उनको भनाइ छ ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ


प्रतिक्रिया