माधवलाई राष्ट्रपतिको उम्मेदवार बनाउन ओलीबाट प्रस्ताव आएको छैन : एकीकृत समाजवादी

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपतिको उम्मेदवारमा माधव नेपालको नाम प्रस्ताव गरेको कुरा हल्ला मात्र भएको एकीकृत समाजवादीले बताएकाे छ ।
पार्टी कार्यालय बानेश्वरमा बुधबार बसेको सचिवालय बैठकमा सदस्यहरूले राष्ट्रपतिको उम्मेदवार बन्न आएको प्रस्तावबारे नेपालसँग प्रश्न उठाएका थिए ।
जवाफमा नेपालले ओलीबाट आफूलाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव नगरेको स्पष्टिकरण दिएका थिए । बैठकको निर्णयबारे सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता झलनाथ खनालले बहिर भएका चर्चा निराधार भएको बताए ।
‘राष्ट्रपतिको उम्मेदवार बन्न हाम्रा अध्यक्षलाई प्रस्ताव आएको कुरा निराधार हो । यसमा कुनै सत्यता छैन’, उनले भने ।
भोलि प्रस्ताव आएको खण्डमा पुनः छलफल गर्न सकिने खनालले बताए । राष्ट्रपतिको पद र पार्टी एकीकरण जोडेर कुनै सहमति हुन नसक्ने उनको भनाइ छ ।
प्रतिक्रिया