सुनको मूल्य प्रतितोला ५ सय रूपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ५ सय रूपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक लाख २ हजार पाँच सय रूपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला एक लाख तीन हजार रूपैयाँ कायम भएको थियो।
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार ५ रूपैयाँले बढेर एक हजार १९५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार १० रूपैयाँ घटेर एक हजार २८५ रूपैयाँमा कारोबार भइरहेको ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया