नेप्सेमा उच्च अंकको गिरावट, यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौं । निरन्तर १३ दिन घटेपछि बुधबार हरियाली देखिएको बजार बिहीबार पुनः रताम्मे देखिएको छ ।
आज नेप्से ५७.७४ अंकले घटेर २०२२.६४ विन्दुमा झरेको छ । बिहीबार नेप्से घटेपनि बुधबारको तुलनामा कारोबार रकम भने बढेको छ । आज कुल २६० स्टकको ४८ हजार १०५ पटक कारोबारमा ६३ लाख २६ हजार १०५ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५२ करोड २७ लाख १३ हजार १५३ रूपैयाँको कारोबार भएको छ ।
बुधबार २६९ स्टकको ३९ हजार ९९६ पटक कारोबारमा ४७ लाख ७९ हजार ७९६ कित्ता सेयर खरिदबिक्री हुँदा कुल १ अर्ब ८० करोड ३२ लाख ८२ हजार १८० रूपैयाँको कारोबार भएको थियो ।
आज सबै उपसमूहमा गिरावट आएको छ । आज सबैभन्दा बढी लघुवित्त उपसमूहमा गिरावट आएको छ । लघुवित्त ९.५४ प्रतिशतले घटेको छ ।
अन्य उपसमूहरूमा बैंकिङ १.७८, विकास बैंक १.४४, वित्त २.४६, होटल तथा पर्यटन ३.१८, जलविद्युत २.२२, लगानी १.७०, जीवन बीमा २.१४, उत्पादन २.०३, म्युचल फण्ड १.८३, नीर्जीवन २.२४, अन्य २.०४ र व्यापार २.०३ प्रतिशतले घटेको छ ।
बिहीबार नेपाल हाइड्रो विकासका लगानीकर्ताले सर्वाधिक ४.८२ प्रतिशतका दरले कमाएका छन् । सामलिङ पावर कम्पनी ४.७७, सिद्दार्थ इन्भेष्टमेन्ट ग्रोथ ३.४३, १० प्रतिशत प्रभु बैंक डिवेञ्चर १.९९ र सानिमा लार्ज क्यापका लगानीकर्ताले १.९२ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै बिहीबार ३९ कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । जसमा सबै लघुवित्त कम्पनीहरू छन् । छिमेकी लघुवित्तसहित ३७ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । दुइ कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका छन् ।
बिहीबार कारोबार रकमको आधारमा छिमेकी लघुवित्तको सर्वाधिक ८ करोड ७० लाख ७३ हजार रूपैयाँ बराबरको कारोबर भयो । दोस्रोमा एनआइसी एशियाको ७ करोड ९६ लाख ४१ हजार रूपैयाँको कारोबार भएको छ । तीबाहेक
हिमालय डिष्टिलरी ७ करोड २१ लाख ८९ हजार, साना किसान विकास ६ करोड ६ लाख ८७ हजार र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ६ करोडको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया