हात्ती आतंक नियन्त्रण गर्न एमाले सांसद बर्तौलाकाे माग
काठमाडौं । नेकपा एमालेका सांसद महेशकुमार बर्तौलाले मकवानपुरको मनहरी गाउँपालिकामा ‘एमगज’ नामक हात्तीको आतंक बढेको भन्दै हात्ती आतंक नियन्त्रण गरी पीडितलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बेठकमा समय मागेर उनले एमगज हात्तीको आक्रमणबाट हालै मनहरि–४ निवासी ६४ वर्षीय राधा अधिकारीको मृत्यु भएको भन्दै हात्ती आतंक नियन्त्रण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। हात्तीले स्थानीय जनताको घर भत्काउने, बाली नष्ट गर्ने र विद्यार्थीलाई विद्यालय जान त्रास बढेको भन्दै सांसद बर्तौलाले हात्ती आतंक नियन्त्रण गर्न वन तथा निकुञ्ज विभागका कर्मचारीले चासो नदिएको गुनासो गरे ।
नागरिक उन्मुिक्त पार्टीका सांसद अरुणकुमार चौधरीले मुलुकमा लागुऔषध दुव्र्यसन बढ्दै जाँदा देशको आर्थिक अवस्थामा समेत प्रतिकूल असर परिरहेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गरे । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकार गठन भएको दुई महिना बितिसक्दा पनि संवैधानिक परिषद्को गठनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराए।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया