आकस्मिक बिदाका दिन बैंक तथा वित्तीय संस्था बन्द गर्न नपाइने
काठमाडौं । पात्रोमा उल्लेखित विदाबाहेक नेपाल सरकारबाट घोषणा भएका अतिरिक्त आकस्मिक विदा घोषणा भएको दिन अब बैंक तथा वित्तिय संस्था बन्द गर्न नपाइने भएको छ ।
नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै शुक्रबार यस्तो प्रावधान ल्याएको हो । यो प्रावधन परिमार्जन भएसँगै अब आकस्मिक सार्वजनिक बिदामा बैंक तथा वित्तिय संस्था खुला रहनेछन् ।
अबबाट आकस्मिक बिदाको दिन नगद कारोबार, चेक क्लियरेन्स, आरटीजीएसजस्ता अत्यावश्यक बैंकिङ सेवा नियमित गर्नुपर्ने छ ।
आकस्मिक बिदाको दिन १० बजेदेखि १:३० बजेसम्म कार्यालय खुला राखी बैंक तथा वित्तिय आवश्यक विभाग र कार्यालय खुला राखेर सेवा सूचारु गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया