भाखा नाघेको ३० दिनभित्र कर्जाको सावाँ/ब्याज तिरेमा पेनाल ब्याज नलाग्ने
काठमाडौं । अब ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज भाखा नाघेको कर्जा ३० दिनभित्र तिरेमा पेनाल ब्याज नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै सो नलाग्नेबारे जानकारी गराएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार यो व्यवस्था २०८० जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको सावाँ/ ब्याजमा मात्र लागु हुने भएको छ । तर, यदि ऋणीले छुट पाउने अवधिभित्र कर्जाको सावाँरब्याज भुक्तानी नगरेमा पूर्वनिर्धारित शर्त बमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज लिन भने बाधा पु-याएको नमानिने पनि नेपाल राष्ट्र बैंकले परिमार्जन गरेको निर्देशनमा उल्लेख छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया