वडाध्यक्ष इश्वरमान डंगोल भन्छन्, ‘मेयरलाई कसैले दबाब दिदैन, यो स्टन्टमात्रै हो’
काठमाडौं । काठमाडौंका मेयर बालेन शाहलाई राजीनामा गर्न दवाव आएको विषयलाई महानगरकै वडाध्यक्षले स्टन्ट भनेका छन् ।
उनले मेयरलाई कसैले राजीनामाका लागि दवाव दिन नसक्ने भन्दै यो सुहाउने कुरा नभएको वडानं १५ का वडाध्यक्ष इश्वरमान डंगोलले बताए ।
‘मेयर ५ बर्षका लागि निर्वाचित भएको हुन्छ । यो कार्यकालमा उसलाई कसैले दवाव दिने, हटाउने भन्ने हुँदैन । उहाँलाई किन यस्तो भयो, हामीले बुझेको छैन,’ नेपालवाचसँग कुरा गर्दै वडाध्यक्ष डंगोलले भने, ‘मेयरले कसैको हस्तक्षेप, दवावमा राजीनामा दिने कुरा हुँदैन । अब दबाब कहाँबाट कसरी आयो थाहा भएन । मेयरसाबसँग बुझ्नुपर्छ ।’
उनले मेयर शाहलाई कार्यपालिकाले साथ र सहयोग गरेको समेत बताए । उनले थप भने, ‘दबाब आउने कुरै होईन । यो उहाँको स्टन्टमात्रै हुनसक्छ । वा उहाँको ट्वीटर दुरुपयोग पनि भएको हुनसक्छ ।’
मेयर बालेन र सचिवालयको मोबाइल स्वीचअफ, कसले माग्यो राजीनामा ?
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया