टेलिकमको अनलिमिटेड डाटासहितको फागु अफर,२९४ रुपैयाँमा २० जीबी
काठमाडाैं । रङहरूको पर्व होलीको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर ल्याएको छ । यो अफर चैत ३ (आजदेखि) चैत १७ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ ।
कम्पनीका अनुसार अफरअन्तर्गत ६९ रुपैयाँमा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिन र २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ ।
नेपालीहरुको महत्वपूर्ण पर्वहरु फागु पूर्णिमा र चैते दशैंलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम रहने टेलिकमले जनाएको छ । यसका लागि *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया