राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्रीले खोजे एमालेको भुमिका
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा एमाले समेतको भूमिका खोजेका छन् । आइतबार गोरखामा भएको एक कार्यक्रममा बोल्दै उनले एमालेसँग कुराकानीबाट राष्ट्रपतिमा सर्वसम्मत हुन सके राम्रो हुने बताएका हुन्।
‘चुनावमा हामी एउटा गठबन्धनबाट गएका थियौं। तर म भिन्न तरिकाले प्रधानमन्त्री भएँ । फेरि राष्ट्रपति चुनावका लागि मनोनयनसम्म आइपुग्दा ८ दल एक ठाउँमा भइयो। राष्ट्रिय सहमतिका लागि एमालेसँग पनि कुराकानी भइरहेको छ’, उनले भने ।
माओवादीसहित ८ दलबाट शनिबार राष्ट्रपति उम्मेदवारी दिइएको बताउँदै उनले गठबन्धनले उठाएको उम्मेदवारको पक्षमा एमालेको भूमिका खोजेका हुन् ।
शनिबार गठबन्धनको तर्फबाट राष्ट्रपतिमा कांग्रेसका नेतासमेत रहेका पौडेलले उम्मेदवारी दर्ता गरेपछि सहमतिबाट एमाले कतै जान नसक्ने उनले बताएका थिए ।
एमालेबाट नेता सुवासचन्द्र नेम्वाङ राष्ट्रपति उम्मेदवार छन्। नेम्वाङ नै राष्ट्रपतिमा सर्वसम्मत उम्मेदवार हुने एमालेले दाबी गर्दै आएको छ ।
ताजा अपडेट
-
कोशीको राजनीतिमा रोचक दृश्य: एकातिर मुद्दा, अर्कातिर सत्ता
-
विश्वकप त्रिकेटः नेपालको समूहमा रहेको श्रीलंकाद्वारा टोली घोषणा
-
ललितपुरमा भएको दुर्घटनामा बालिकाको मृत्यु
-
मन्त्रिपरिषद् बैठकः एआइजीको बढुवा, समाज कल्याणमा नियुक्ति
-
कस्तो हुनुपर्छ शैक्षिक र व्यवसायिक अन्तरसम्बन्धको मोडल ?
प्रतिक्रिया