श्रीलंकाले पर्यटक सुरक्षाका लागि मोबाइल एप प्रयोगमा ल्याउँदै
कोलम्बो । श्रीलंकाले आउने पर्यटकको सुरक्षाका लागि मोबाइल एप प्रयोगमा ल्याउने भएको छ ।
सोसम्बन्धी एप आगामी मार्च १ देखि लागू गरिने भएको पर्यटन मन्त्रीले जानकारी दिएका हुन् । श्रीलंकाका पर्यटनमन्त्री हरिन फर्नान्डोले शनिबार श्रीलंकाको राजधानी कोलम्बोमा आयोजना भएको पर्यटनसम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै सो कुराको जानकारी दिएकाे समाचारमा जनाइएको छ ।
उनले सो मोबाइल एपमा सात भाषाको प्रयोग गरिने भएको र त्यसलाई सबै नागरिकले पनि प्रयोगमा ल्याउन सकिने गरी निर्माण गरिएको पनि बताए । पछिल्लो समयमा श्रीलंकामा पर्यटकमाथि पनि आक्रमण हुने गरेको भन्ने सूचनाका कारण उनीहरुको सुरक्षा कै लागि यो एप बनाइएको पनि जानकारी दिएको समाचारमा जनाइएको छ ।
पर्यटकले कुनै घटना अर्थात् आफू असुरक्षित रहेका विषयमा जानकारी गराउना साथ यहाँका अधिकारीले सो एप हेर्न सक्ने गरी सो एप निर्माण गरिएको बताइएको छ ।
सो सूचना प्रहरी तथा पर्यटन क्षेत्रका अधिकारी सबैमा जाने र यसै सूचनाका आधारमा ती पर्यटकको उद्धार गर्न सकिने गरी एप निर्माण गरिएको बताइएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया